Main News

पञ्चशीलको परराष्ट्र नीति विपरीत गरिने कुनै पनि सम्झौता मान्य हुँदैनः महासचिव पोखरेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १ गते १८:०९
पञ्चशीलको परराष्ट्र नीति विपरीत गरिने कुनै पनि सम्झौता मान्य हुँदैनः महासचिव पोखरेल (भिडियो रिपोर्टसहित)

१ असार २०७९ बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले असंलग्नताको नीतिविपरीत कुनै सैन्य संगठनको अंग बन्ने कुरा एमालेले स्वीकार नगर्ने बताउनु भएको छ ।

आज बुटवलमा पत्रकारसँग कुराकानी गर्दै एमाले महासचिव पोखरेलले पञ्चशीलको परराष्ट्र नीतिविपरीत गरिने कुनै पनि सम्झौता मान्य नहुने बताउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा रक्षामन्त्रीको हैसियतमा अमेरिका जान लागेको सूचना आएकाले त्यसो भए मुलुकको अपमान हुने उहाँको भनाइ थियो ।

गठबन्धनले नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने राजनीति भएको र एमाले असंलग्न परराष्ट्रनीतिलाई प्रतिकुल बनाउने गरी हुने कुनै पनि सम्झौताको विरोध गर्ने उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री समेत रहनु भएका पोखरेलले राज्यमन्त्रीका बारे आएका टिकाटिप्पणीबारे जनताबाट उठिरहेको प्रश्नको यथोचित जवाफ दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *