Main News

आज पनि देशका विभिन्न भागमा वर्षा हुने, सतर्कता अपनाउन सुझाव

हिमालय टिभी
२०७९ असार १ गते ९:३९
आज पनि देशका विभिन्न भागमा वर्षा हुने, सतर्कता अपनाउन सुझाव

१ असार २०७९ काठमाडौं । आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने भएकाले बाढी, पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।

हाल देशको प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका हुन् ।

पानी परेपछि पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदी नाला र खहरे खोलाहरूमा बाढी आउन सक्ने भएकाले हिँडडुल गर्दा ख्याल गर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तै पानी नपरेका ठाउँमा तापक्रम वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *