Main News

आज बजेट पारित गर्ने संघीय संसदको तयारी

हिमालय टिभी
२०७९ असार १ गते ७:४२
आज बजेट पारित गर्ने संघीय संसदको तयारी

१ असार २०७९ काठमाडौं । आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रतिनिधि सभाबाट पारित गर्ने तयारी गरिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने बैठकले विनियोजन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने, सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

गत असार १५ गते अर्थमन्त्री शर्माले १७ खर्ब, ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गर्नुभएको थियो । तर बजेट सार्वजनिक गर्नुअघि मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश दिई करका दर हेरफेर गरेको भन्ने समाचार सार्वजनिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री शर्माको राजीनामा मागेको छ ।

अर्थ मन्त्रालय र मन्त्री शर्माले उक्त आरोप तथ्यहीन भएको भन्दै खण्डन गर्नुभएको छ ।

बजेट निर्णयार्थ पेश गर्नुअघि आज कानून, न्याय तथा संसदीय मामिला, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन , भौतिक पूर्वाधार तथा यातायात र अर्थ मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई, सञ्चार तथा सूचना प्रविधि मन्त्रीले पनि जवाफ दिने तय भएको छ ।

यस्तै गृह, रक्षा , राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *