Main News

वर्षेनी हुन्छ मल अभाव, रासायनिक मलको विकल्प के ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ ३१ गते २१:१६
वर्षेनी हुन्छ मल अभाव, रासायनिक मलको विकल्प के ? (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७९ काठमाडौं । किसानले उत्पादन बृद्धिका लागि आफ्नो खेतबारीमा रासायनिक मल प्रयोग गर्छन् । तर, हरेक वर्ष खेती गर्ने समयमा मल अभाव हुन्छ । वर्षेनी मल अभाव हुन नदिन भन्दै विकल्प खोज्नुपर्ने बहस हुन्छ । तर, बहस कार्यान्वयनको प्रकृयामा कहिल्यै जाँदैन ।

हरेक वर्ष रासायनिक मल आपूर्तिका लागि सदनदेखि सडकसम्म बहस हुन्छ । अनि त्यसै सेलाएर जान्छ, ठोस योजना बन्दैन नत मल आयातका प्रयासहरु नै हुन्छन् । सधैं जसो यस वर्षपनि खेतबालीमा रासायनिक मल हाल्न नपाउँदा किसान आक्रोशित छन् ।

यतिबेला खेतबारीमा आफ्नो बाली हेरेर बस्नु र मल नपाएको भन्दै गुहार माग्नु बाहेक उनीहरुसँग विकल्प छैन । संसदमा पनि मल अभावको विषय सार्वजनिक महत्वकै प्रस्ताव पारित भयो । किसानलाई मल उपलब्ध गराउनु पर्नेमा सांसदले जोड दिएको दिएकै छन् ।

रासायनिक मलको विकल्प के हुन सक्छ रु सधैंझैं यो पटक पनि बहस चलेको छ । सरकार पनि रासायनिक मलको विकल्पका रुपमा अर्गानिक मललाई प्राथमिकतामा राख्नुपर्ने बताउँन छाड्दैन । कृषिमन्त्रीको यो भनाइ हेरौं ।

तत्कालको समाधान के हुन सक्छ रु संसदले सबै उपाय अपनाएर मल ल्याउन रुलिङ गरिसकेको छ । कृषिमन्त्रीले संसदमा दिएको जवाफ अनुसार भारत सरकारले युरिया डिएपी मल गरी असारको अन्तिम सातासम्म पाँच लाख मेट्रिकटन मल उपलब्ध गराउने आश्वसन दिएको छ । यो आश्वसन पुरा हुन्छ हुँदैन निश्चित छैन । वर्षेनी मल अभावको समस्या समाधान गर्न नेपालमा नै मल कारखानाको स्थापनाको विकल्प नभएको कृषि मन्त्री यादवको तर्क छ ।

रासायनिक मलको प्रयोग २०३६र०३७ सालदेखि सुरु भएको हो । त्यसअघि गाईगोरूको मल प्रयोग गर्ने, स्याउलाको जंगली झारहरूमा डढेलो लगाउने गरिन्थ्यो । अब यस्तो परम्परागत शैली सम्भव नहुन पनि सक्छ तर प्राङ्गारिक मललाई बढावा दिने हो भने समयमै नपाउँदा हुने किसानको छट्पटी कम हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *