Main News

कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सकिएन : शिक्षामन्त्री पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ ३१ गते १८:२२
कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सकिएन : शिक्षामन्त्री पौडेल (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७९ काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्तरगत विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री पौडेलले कागजको आपूर्ति हुन नसकेका कारण समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताउनुभएको हो ।

उहाँले पाठ्यपुस्तक छाप्ने कागज अन्तर्राष्ट्रिय बजारबाट ल्याउनुपर्ने र सो को आपूर्ति हुन नसक्दा छपाईमा ढिलाइ भएको बताउनुभयो । त्यसैगरी पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री लिमिटेडका कर्मचारीहरु स्थानीय तह निर्वाचनमा जानुपर्ने स्थिति भएका कारण पनि असर परेको उहाँको भनाइ छ ।

मन्त्री पौडेलले बालविकास शिक्षकलाई संघीय सरकारबाट २ हजार रुपैयाँ थप गरी १० हजार उपलब्ध गराउन बजेट व्यवस्था गरिएको बताउनुभयो । यस्तै उहाँले आर्थिक वर्षमा त्रिचन्द्र कलेज लगायत त्रिविको आंगिक क्याम्पसको पुनर्निर्माण थाल्ने बताउनु भयो ।

मन्त्री पौडेलले समाजमा गलत सन्देश फैलाउने गरी विषयवस्तु राखेर पाठ्यक्रम प्रकाशन र वितरण गर्नेमाथि अविलम्ब कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

उहाँले विद्यालय तहमा नै विद्यार्थीलाई व्यवसाय प्रति आकर्षित बनाउन सिक्दै कमाउदै कार्यक्रम चालु वर्ष १४० विद्यालयमा शुरु गरिएको र आगामी वर्ष थप १०० विद्यालयमा विस्तार गर्नेगरी थप बजेट विनियोजन गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *