समाज

राजश्व तिरेको नाममा मापदण्डविपरीत उत्खनन् (भिडियो रिपोर्टसहित)

२०७९ जेठ ३१ गते १८:१६
राजश्व तिरेको नाममा मापदण्डविपरीत उत्खनन् (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७९ दाङ । विकास निर्माणका लागि स्थानीय सरकारले राजश्व लिएर खोलाबाट गिट्टी, ढुंगा बालुवा उत्खनन गर्न हरेक वर्ष ठेक्का दिने गर्दछ ।

ठेक्का सम्झौता हुँदा वातावरणमा प्रभाव नपर्ने गरी वातावरणीय प्रभाव मूल्यांकन गरिन्छ । तर, उत्खननको जिम्मा पाएका कम्पनीले भने राजश्व तिरेको नाममा मापदण्ड विपरीत उत्खनन् गर्ने गरेका छन् ।

यो तुलसीपुर १६ का स्थानीयको आक्रोस । आक्रोशका कारण हो, जथाभावी नदीजन्य वस्तुको उत्खनन् गर्दा सिँचाईको मुहान नै सुक्दै जानु । जसले गर्दा नियमित सिँचाई उपलब्ध हुने खेतहरु बाँझो बन्दै गएका छन् । त्यति मात्र हैन वर्षातको समयमा बाढी गाउँमा पस्ने त्रासमा छन्, स्थानीय ।

मापदण्डविपरीत उत्खनन् जारी रहे करिब १८ सय विगाहा जमिनमा सिँचाइ समस्या हुनेछ । विजयेश्वरी कन्स्ट्रक्सनले तुलसीपुर ७ मा हात्तिथुक्का क्षेत्रमा ५०० घनमिटर र एक मिटर गहिराइसम्म उत्खनन गर्न अनुमति पाएको थियो । मापदण्डमा तोकिएको भन्दा धेरै स्थानमा गलत तरिकाले उत्खनन् गरिएको पाइकाले कम्पनीलाई कारबाही तथा ठेक्का रद्द मात्र हैन आगामी दिनमा ठेक्का नदिने पनि स्थानीय सरकारको तयारी छ ।

स्थानीय सरकारले निश्चित मापदण्ड बनाएर कम्पनीलाई ठेक्का सम्झौता गरेको छ । तर, नाफामुखी सोच मात्र हाबी हुँदा धेरै संख्यामा किसान तथा स्थानीय प्रभावित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *