समाज

स्थापना भएको चार वर्षसम्म पनि सञ्चालन हुन सकेन औद्योगिक ग्राम (भिडियो रिपोर्टसहित)

२०७९ जेठ ३१ गते १८:०३
स्थापना भएको चार वर्षसम्म पनि सञ्चालन हुन सकेन औद्योगिक ग्राम (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७९ धनकुटा । धनकुटा जिल्लामा औद्योगिक ग्राम स्थापना भएको ४ बर्ष भयो । धनकुटा नगरपालिका वडा नम्बर ६ मा करोडौं रुपैयाँको लगानीमा स्थापना गरिएको ग्रामले स्थानीय कच्चा पदार्थ आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन यसको उद्देश्य भएपनि सञ्चालनमा आउन सकेको छैन ।

जिल्लामा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर लामो समयसम्म कुनैपनि उद्योग स्थापना नभएपछि अन्ततः औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर उद्योग स्थापनाको तयारी गरियो । दुइ बर्षसम्म सञ्चालन कार्यविधि अभावमा रोकिएको भनिएपनि कार्यविधि बनिसक्दा समेत औद्योगिक ग्राम सञ्चालनमा आएको छैन ।

अहिलेसम्म २५ वटा ब्लक निर्माण पुरा गरि चालु आर्थिक बर्षभित्र सञ्चालनमा ल्याइने गरि टेन्डर आह्वान भएपनि १३ साना तथा घरेलु उद्योगीले मात्र टेन्डर भरेका छन् । साना घरेलु तथा लघु उद्यमीलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ ।

करिब १५ करोड रुपैयाँको लागतमा निर्माण गरिसकिएको करिब दुइ दर्जन ब्लक प्रयोग विहिन छन् । ग्रामभित्र निर्माण भएका संरचना सबैलाइ पायक पर्ने स्थानमा नभएका कारण उद्योगीले ग्राम भित्र उद्योय सञ्चालन गर्न चासो नदिएको लघुउद्यमीको भनाइ छ ।

पहाडी क्षेत्रको उद्योगी व्यवसायी र साना लगानीमा सञ्चालन हुने लघु उद्योगहरुलाई एउटै थलोवाट सेवा प्रदान गर्ने धनकुटा औद्योगिक ग्रामको मुख्य उद्देश्य हो । औद्योगिक ग्राम सञ्चालनमा आए बजार व्यवस्थापनमा समेत टेवा पुग्ने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *