Main News

मल अभावका विषयमा कृषिमन्त्रीले संसदमा दिए यस्तो जवाफ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ ३१ गते १७:४४
मल अभावका विषयमा कृषिमन्त्रीले संसदमा दिए यस्तो जवाफ (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७९ काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले मलको समस्या दीर्घकालीन रुपमा समाधानका लागि छुट्टै निकाय स्थापना गर्न प्रस्ताव गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले नेपाल आयल निगमजस्तै छुट्टै निकाय स्थापना गरेर मात्रै मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

त्यसैगरी उहाँले मल कारखानाको स्वदेशमै स्थापना गर्नुपर्ने, मलको खरिद जिटूजी प्रक्रियामा अघि बढाउन सकेमात्रै नेपालमा मलको समस्या समाधान गर्न नसकिने स्पष्ट पार्नु भयो । मन्त्री यादवले असार अन्तिमभित्र किसानहरुका लागि मल उपलब्ध गराउने प्रतिवद्धता समेत जनाउनु भयो ।

भारत सरकारले ५ लाख मेट्रिक टन मल चालू आर्थिक वर्ष भित्रै उपलब्ध गराउने आश्वासन दिएकाले सो समस्या समाधान मन्त्री यादवको भनाइ थियो ।

मन्त्री यादवले मल कारखाना स्थापनाका लागि लगानी बोर्डमा सम्भाव्यता अध्ययन भईरहेको उल्लेख गर्दै छिट्टै त्यो प्रक्रिया अघि बढने आश्वासन समेत दिनु भयो । उहाँले कृषि मन्त्रालयले त्यसका लागि उद्योग मन्त्रालय र लगानी बोर्डलाई दवाव दिईरहेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री यादवले वेमौसमी वर्षाका कारण बालीको क्षतिपूर्ति दिने काम आफ्नो मन्त्रालयको नभएको स्पष्टिकरण दिनु भएको छ । गृह मन्त्रालयले त्यसको क्षतिपूर्ति दिने भएकाले यसका लागि पीडित किसानहरुको सूचि दिईएको उहाँको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *