एमालेले माग्यो अर्थमन्त्री शर्माको राजीनामा, राजश्वमा चलखेलको आरोप (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७९ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माले पारदर्शी काम गर्न नसकेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।
पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले शर्माले बजेट प्रस्तुत गर्ने दिनको अघिल्लो दिन केही व्यक्तिले बजेट काँटछाँट गरेको आरोपलाई संसद् भवनमा आएर खण्डन गर्न नसक्नु आपत्तिजनक रहेको बताउनुभयो।
यस्तै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेटको विषयमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाउन माग गर्नुभयो। उहाँले अर्थमन्त्री शर्माले दिने जवाफमा एमाले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउनु माग गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयगत बजेटबारे जारी छलफल चलिरहेको छ ।
प्रतिक्रिया