समाज

किन भयो सुर्खेतमा पेट्रोलियम पदार्थ हाहाकार ? (भिडियो रिपोर्टसहित)

२०७९ जेठ ३० गते १८:४२
किन भयो सुर्खेतमा पेट्रोलियम पदार्थ हाहाकार ? (भिडियो रिपोर्टसहित)

३० जेठ २०७९ सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव भएको छ । २ दिनयता पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण नगर्दा उपभोक्ता मारमा परेका छन् ।

सुर्खेतमा रहेका ८ डिपोमा नै अहिले पेट्रोलियम पदार्थको अभाव छ । यसको असर आमजनजीवनमा परेको छ ।

एम्बुलेन्सले समेत आवश्यक इन्धन पाउन सकेका छैनन् । सुर्खेतमा दैनिक ३० हजारदेखि ३५ हजार लिटरसम्म पेट्रोल र दैनिक ८० हजारदेखि १ लाख लिटरसम्म डिजेल खपत हुने गरेको छ ।

नेपालगंज नाकामा पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई भंसार पास नदिइएका कारण सुर्खेतमा समस्या भएको आयल निगमको भनाइ छ । निगमले आइतबार भारतमा विदा हुने भएकाले पास पाउन नसकेको बताएको छ ।

हाल सुर्खेतमा आयल निगमको आफ्नै पेट्रोलियम पदार्थ भण्डारण गर्ने डिपो नहुँदा निजी पेट्रोल पम्पको भर पर्नु परेको छ । निजी पेट्रोल पम्प नाफा केन्द्रित हुँदा पनि बेलाबेलामा पेट्रोलियम पदार्थको हाहाकार हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *