समाज

गर्मीसँगै सुदूरपश्चिम प्रदेशका अस्पतालमा यसरी बढ्दै बिरामीको चाप (भिडियो रिपोर्टसहित)

२०७९ जेठ ३० गते १८:३२
गर्मीसँगै सुदूरपश्चिम प्रदेशका अस्पतालमा यसरी बढ्दै बिरामीको चाप (भिडियो रिपोर्टसहित)

३० जेठ २०७९ धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अहिले पश्चिम तराईको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ ।

सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा बिरामीको संख्या दैनिक तीन हजारभन्दा धेरै छन् ।

यस वर्षको मनसुन समय अगावै शुरु भएपनि सुदूरपश्चिम प्रदेशमा भने वर्षा भएको छैन । जसका कारण तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारी छ । अत्यधिक गर्मीकै कारण सेती प्रादेशिक अस्पतालको ओपीडीमा अहिले श्वासप्रश्वास, दम तथा ज्वरो लगायतका समस्या लिएर पुग्नेको भिड छ ।

अस्पतालका अनुसार माघ महिनमा ९ हजार ३ सय ७९ जना बिरामी ओपीडीमा भर्ना भएको तथ्याङ्क छ । जेठ महिनामा त्यो संख्या बढेर १२ हजार ४ सय ७ जनाका पुगेको हो ।

दिन प्रतिदिन गर्मी बढेसँगै खानपिनमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । उनीहरुले गर्मीसमयमा खानपान, प्रशस्त सफा पानी पिउन र घाममा अनावश्यक हिँडडुल नगर्न आग्रह गरेका छन् ।

देशका अन्य प्रदेशमा मनसुन शुरु भएपनि सुदूरपश्चिम प्रदेशमा पानी परेको छैन । अत्यधिक गर्मीका कारण स्थानीय विद्यालयसमेत विदा दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *