Main News

नेपालको प्रश्न–विदेशी सेना कहाँ राखिएका छन् र कुनकुन देशका हुन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ ३० गते १८:१२
नेपालको प्रश्न–विदेशी सेना कहाँ राखिएका छन् र कुनकुन देशका हुन् ? (भिडियो रिपोर्टसहित)

३० जेठ २०७९ काठमाडौं । अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तरर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरेका थिए । एमाले सांसद प्रदीप ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताउनुभयो ।

उहाँले वर्तमान गठबन्धन सरकार बन्दैगर्दा नेपाली जनताको हित र राष्ट्रको हीतमा काम गर्ने भन्दा पनि अन्य देशको लागि कम्फर्टेबल बन्नेगरी अगाडि बढेको आरोप लगाउनुभयो ।

उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुशी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको आरोप लगाउनु भयो ।

एमालेकै अर्का सांसद भीम रावलले पनि प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई किन गुपचुप राखिएको भन्दै प्रश्न गर्नुभयो । रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा नेपालले गुपचुपरुपमै हस्ताक्षर गर्न लागेको आरोप पनि लगाउनुभयो ।

बैठकमा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई बोलाइएको भएपनि उहाँ अनुपस्थित हुनुभएको थियो । सांसदहरुले मन्त्री खड्काको अनुपस्थितिको आलोचना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *