राजनीति

एमाले र माओवादी नेताहरुबीचको आन्तरिक छलफल तीव्र

हिमालय टिभी
२०७९ जेठ ३० गते १४:३७
एमाले र माओवादी नेताहरुबीचको आन्तरिक छलफल तीव्र

३० जेठ २०७९ काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीचको आन्तरिक छलफल तीव्र बनेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकासँग नजिकिएको भन्दै उहाँको भ्रमणबारे जवाफ मागिरहेको नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु सघन छलफलमा जुटेका हुन् ।

हिजो मात्र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग २ घण्टा लामो छलफल गर्नुभएको छ । दुबै पक्षले भेटवार्ता गोप्य राख्न खोजेका थिए ।

दुबै नेताहरुबीच वर्तमान देउवा नेतृत्वको सरकार अमेरिकासँग बढी नै झुकेको र उत्तरी छिमेकी चीनलाई चिढ्याउन लागेको विषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे एमालेका नेताहरुले संसदमै जवाफ मागिरहँदा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल लगायतका नेताहरुले पनि अमेरिका भ्रमणबारे प्रष्ट पार्न माग गर्दै आएका छन् ।

ओली र श्रेष्ठबीच मात्र होइन, चीनसँग नजिक मानिएका माओवादी नेता वर्षमान पुन र एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच पनि भेटवार्ता भएको बताइएको छ । चिनियाँ पक्षले वाम शक्तिलाई पुनः एक ठाउँमा उभ्याउने प्रयास सुरु गरेको जानकारहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्