प्रधानमन्त्री देउवा र लोसपाका नेताहरुबीच छलफल
३० जेठ २०७९ काठमाडौं । एघार बुँदे ज्ञापनपत्र कार्यान्वयनका विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर दउवासँग छलफल गरेका छन् ।
गत साता मात्रै ११ बुँदे माग राखेको लोसमाका शीरष नेता आज फेरि बालुवाटार पुगेका हुन् ।
माग सम्बोधनका लागि प्रधानमन्त्री देउवालाई दवाव दिन लोसपाका नेताहरु बालुवाटार गएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपाको माग पुरा गरेर सरकारमा सहभागि गराउने तयारी गर्नुभएको छ ।
लोसपाले गतसाता बुझाएको ११ बुँदे ज्ञापन पत्रमा नागरिकता बिहीनहरुको समस्या समाधान गर्न आग्रह गरिएको छ । यस्तै मधेस आन्दोलनमा लागेका मुद्दाहरु रेशम चौधरी लगायत महोत्तरी जिल्लाका नेता कार्यकर्ताहरुलाई रिहाईको माग राखीएको छ ।
यस्तै जनसंख्याको आधारमा स्थानीय निकाय, प्रदेश सभा र संघीय संसदमा प्रतिनिधित्वको व्यवस्था गर्न, जनघनत्वको आधारमा समतामुलक बजेट वितरण गर्न, विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्न, महंगी र कालोबजारी नियन्त्रण गर्न, भूमि वितरण सम्बन्धी कुनै कार्यक्रम लागू गर्दा भूमिहीन मधेसी, जनजाती, थारु, शिल्पी, दलित, मुस्लिमलाई प्राथमिकतामा राखि वितरण गर्न र हालसम्म जग्गाधनी प्रमाणपत्र नभएकालाई प्रमाण पूर्जा उपलब्ध गराउन माग गरिएको छ ।
प्रतिक्रिया