Main News

योगेश भट्टराई भन्छन्, अर्थमन्त्री शर्माले संसद्‌मा स्पष्टीकरण दिनुपर्छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ ३० गते १४:४१
योगेश भट्टराई भन्छन्, अर्थमन्त्री शर्माले संसद्‌मा स्पष्टीकरण दिनुपर्छ (भिडियो रिपोर्टसहित)

३० जेठ २०७९ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कर,भन्सार र राजस्वका दर परिवर्तन कसरी भए भनेर अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा स्पष्टीकरण दिनुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसद योगेश भट्टराईले विशेष समय लिएर बजेट निर्माणका क्रममा अर्थमन्त्रीले आफ्नो प्रतिनिधिमार्फत् करको दर हेरफेर गर्न मन्त्रालयका पदाधिकारीहरुलाई दबाब दिएको भन्दै यस विषयमा प्रष्ट पार्न सरकारसँग माग गर्नुभएको हो ।

सांसद भट्टराईले सांसदहरूले विद्युतीय सवारी साधनमा किन अन्तःशुल्क लगाइयो, किन भन्सार महसुल बढाइयो लगायतका विषय उठाएको तर सरकारले जवाफ नदिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *