Main News

संसदमा आज विभागीय मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै

हिमालय टिभी
२०७९ जेठ ३० गते ९:१५
संसदमा आज विभागीय मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै

३० जेठ २०७९ काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको आज ८ विभागीय मन्त्रीहरुले जवाफ दिँदै छन् ।

संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा बजेजमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची तय भएको छ ।

आज कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र वन तथा वातावरण मन्त्रीले मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुहुने छ ।

यस्तै शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपन्क्षी विकास मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिनुहुने छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार भोलि बाँकी मन्त्रालयका मन्त्रीहरुले जवाफ दिएपछि बजेट पारित गर्ने चरणमा प्रवेश गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *