राजनीति

एमालेबाहेक अरु कुनै पनि पार्टीले आधुनिक नेपाल बनाउन सक्दैनन्ः ओली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २८ गते १९:०३
एमालेबाहेक अरु कुनै पनि पार्टीले आधुनिक नेपाल बनाउन सक्दैनन्ः ओली (भिडियो रिपोर्टसहित)

२८ जेठ २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकिर समेत गर्नुभयो ।

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरुको सम्मानमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताउनु भयो ।

उहाँले अतिक्रमण भएको भूभाग समेटेर नक्सा जारी गरेको, चीनको नाका खुलाउन र तराईका डुबान हटाउन आफूले मात्र प्रयास गरेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीलाई मुलुकको अहित भएको सैह्य नहुने चेतावनी समेत दिनु भयो । सबै नेपालीले देशलाई माया गरिदिए हुने अध्यक्ष ओलीको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्