Main News

प्रशारण लाइनमा मान्छे चढेपछि त्रिशूली थ्री एकसहितको उत्पादन बन्द, के भन्छ प्राधिकरण ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २८ गते १६:५१
प्रशारण लाइनमा मान्छे चढेपछि त्रिशूली थ्री एकसहितको उत्पादन बन्द, के भन्छ प्राधिकरण ? (भिडियो रिपोर्टसहित)

२८ जेठ २०७९ नुवाकोट । नुवाकोटको ककनीमा एक व्यक्ति बिजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।

बेल्कोटगढी नगरपालिका वडा नम्बर १३ घलेगाउँका माइला विक प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेपछि प्रसारण बन्द गरिएको हो ।

ककनी गाउँपालिका वडा नम्बर ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा विक ५–६ घण्टादेखि तारमा समातेर बसिरहेका कारण विद्युत प्रवाह गर्न नसकिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले अहिले माथिल्लो त्रिशुली थ्री ए र त्यस नजिकैको खोलाबाट विद्युत उत्पादन बन्द हुँदा ६०–६२ मेगावाट बिजुली निकाल्ने पानी नदीमा फाल्नुपरेको बताउनुभयो ।

प्रहरी र स्थानीय वासिन्दाले विकलाई सकुशल तल ओर्लन आग्रह गरिरहे पनि अटेरी गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *