Main News

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस

हिमालय टिभी
२०७९ जेठ २८ गते ७:०४
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस

२८ जेठ २०७९ काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ।

बिहान २ बजेर ३६ मिनेटमा ४ दशमलव ७ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर करिब ४ सेकेण्डसम्म भूकम्पको धक्का महशुस गरिएको थियो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ ।

नेपालमा २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि बेलाबेला परकम्प जाने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *