समाज

किनारका बासिन्दालाई तिनाउको त्रास (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २७ गते १८:४६
किनारका बासिन्दालाई तिनाउको त्रास (भिडियो रिपोर्टसहित)

२७ जेठ २०७९ बुटवल । बुटवल उपमहानगरपालिकाको ३० हजारभन्दा बढी जनसंख्या तिनाउ किनारमा रहेकाे वस्ती बाढीको उच्च जोखिममा छ । २०५९ सालदेखि तिनाउ नदी किनारमा वस्ती बसेको हो । यो वस्ती बर्षेनी बढ्दै गएको छ । बस्तीले नदीको अतिक्रमण बढाउँदै लगेपछि बस्तीमाथि बाढीको जोखिम पनि बढेको छ ।

हिउँदमा सुख्खा हुने बुटवलको तिनाउ नदी बर्खायाममा डरलाग्दो गरी उर्लिएर आउँछ । पाल्पाको माडीबाट शुरु भएको तिनाउ ३० भन्दा बढी खहरे मिसिएर बुटवल आइपुग्छ । तिनाउ नदी उर्लिएर आउँदा किनारमा रहेको वस्ती जोखिममा पर्ने गरेको छ । मनसुन सक्रिय हुन केही साता मात्रै बाँकी रहँदा यहाँका बासिन्दा आफूहरुलाई बाढीबाट जोगाउन अपील गरिरहेका छन् ।

तिनाउ नदी किनारका बिना पाते, हात्तीसुँढ, तिनाउ नगर, मजुवा, बुद्धनगर तथा प्रगतिनगर बाढीको उच्च जोखिम क्षेत्र हुन् । बर्खामा चुरेको गेग्रान र ढुंगासहित तिनाउमा आउने बाढीले यी बस्ती जोखिममा पर्छन् । ३० हजार जनसंख्या रहेका यी वस्तीमा सम्भावित क्षति रोक्न बुटवल उपमहानगरपालिकाले सुरक्षाको व्यवस्था गर्नु पर्ने स्थानीयको माग छ ।

अतिक्रमणका कारण तिनाउ नदीको वहाव क्षेत्र ३ सय मिटर जतिमा खुम्चिएको छ । सम्भावित जोखिम कम गर्न र वस्ती जोगाउन तत्कालिक र दीर्घकालीन योजना बनाउने तयारी भैरहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

नदीजन्य वस्तुको चरम दोहन र सुकुम्बासीको नाममा नदी किनारामा वस्ती बढ्दै जाँदा जोखिम पनि बढेको हो । सरकारले वस्ती बस्नुपूर्व नै नसोच्ने हो भने विभिन्न स्थानमा यस्तो समस्या दोहोरिरहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *