Main News
आफूमाथि दुर्व्यवहार भएको सांसद चौधरीको दाबी (भिडियो रिपोर्टसहित)
२०७९ जेठ २७ गते १३:३४

२७ जेठ २०७९ काठमाडौं । सांसद चन्दा चौधरीले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका समयमा आफूमाथि करिव १०० जना आएर दुरव्यवहार गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
“गत वैशाख २७ गते ममाथि दुर्व्यवहार भयो, करिव १०० जना मेरो घरमा आएर आमालाई गालीगलौज गर्ने काम गरे”, उहाँले भन्नुभयो, “त्यसको छोरीलाई छोड्न हुन्न, हातहतियार तयार गरौँ भनेर निर्दोष आमालाई तर्साउने काम गरियो ।
आफूलाई ४० मिनेटसम्म सुरक्षा दिएर लुकाएर राख्नुपरेको उल्लेख गर्दै उहाँले नेपालको सांसदमाथि हमला गर्ने प्रयास गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया