Main News

डाँचाराज वाग्लेको मृत्युबारे छानविन गर्न माग

धादिङको पहिरो पीडितलाई तत्काल उद्धार गरौँ : सांसद लोहनी

हिमालय टिभी
२०७९ जेठ २७ गते १३:२६
डाँचाराज वाग्लेको मृत्युबारे छानविन गर्न माग

२७ जेठ २०७९ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो ।

बैठकको विशेष समयमा उहाँले डाँचारामको मृत्यका सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान औपचारिकतामौ सीमित भएकामको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“मिटरव्याज विरुद्धको आन्दोलनमा सर्लाहीका डाचाराम प्रतिगमन आन्दोलन विरुद्ध उहाँको रहस्यमय तरिकाले मृत्यु भयो”, सांसद पोखरेलले भन्नुभयो, “सरकारले सिआइबीमार्फत अनुसन्धानसमेत ग¥यो तर अपौचारिकता मात्र टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ ।”

प्रधानाध्यापक कुट्नेलाई कारबाही होस् : सांसद खतिवडा
सांसद घनश्याम खतिवडाले यही जेठ २४ गते मोरङको रत्नमाई नगरपालिका वडा नंं ९ का जनता माविका प्रधानाध्यापक ईश्वर खनाललाई कुटपिट गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।उहाँले प्रधानाध्यापक खनाललाई सोही वडाका वडाध्यक्ष इन्द्रबहादुर लिम्बूले नेपाली कांग्रेसको पार्टी कार्यालयमा बोलाई सन्तोष घिमिरेमार्फत निर्मम तरिकाले कुटपिट गराएको बताउनुभयो ।

सांसद खतिवडाले शिक्षकलाई विनाकारण कुटिएको हुँदा पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

धादिङको पहिरो पीडितलाई तत्काल उद्धार गरौँ : सांसद लोहनी
सांसद प्रेमप्रसाद लोहनीले धादिङमा त्रिपुरा सुन्दरी गाउँपालिकामा मुसलधारे पानी परेर मानिस घरभित्रै थुनिएकाले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कतिपय मानिस तथा चौपाया पहिराले पुरिएका हुँदा तत्काल उद्धार र पुनःस्थापनाका लागि सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *