Main News

आज देशका विभिन्न ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने

हिमालय टिभी
२०७९ जेठ २७ गते ९:३१
आज देशका विभिन्न ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने

२७ जेठ २०७९ काठमाडौं । आज देशका विभिन्न ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

विशेषगरी प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभावले पानी पर्ने देखिएको महाशाखाले जनाएको छ ।

यसकै प्रभावले अहिले पनि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार प्रदेश १ , बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भूभागहरूका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी पर्सि प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी पर्सि राति प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानहरू, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *