खेलकूद
यूईएफए नेसन्स लीग फूटबलमा पोर्चुगल र स्पेन विजयी
२०७९ जेठ २७ गते ९:१७
२७ जेठ २०७८९ काठमाडौं । यूईएफए नेसन्स लीग फूटबलमा पोर्चुगल र स्पेन विजयी भएका छन् ।
समूह ए टु अन्तर्गत पोर्चुगलले चेक रिपब्लिकलाई २–० ले हरायो । पोर्चुगलको जितमा जोआ कान्सेलो र गोन्कालो गुएडेसले एकएक गोल गरे । कान्सेलोले ३३ औं र गुएडेसले ३८ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको पोर्चुगलले ३ खेलबाट ७ अंक जोडेको छ । चेक समान खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा छ ।
यही समूहको अर्को खेलमा स्पेनले स्विट्जरल्याण्डमाथि १–० को जित निकालेको छ । स्पेनका लागि पाब्लो सराबियाले १३ औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो ।
जितसँगै दोस्रो स्थानको स्पेनले ३ खेलमा ५ अंक जोडेको छ । अंकविहीन स्वीट्जरल्याण्ड तालिकाको पुछारमा छ ।
प्रतिक्रिया