Main News

संसदमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

हिमालय टिभी
२०७९ जेठ २७ गते ८:५०
संसदमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

२७ जेठ २०७९ काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी रहनेछ।

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक– ०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल भइरहेको छ।

बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची छ ।

हिजो शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *