यूईएफए नेसन्स लीग फुटबलमा इंग्ल्याण्ड र जर्मनी बराबरी
२५ जेठ २०७९ काठमाडौं । यूईएफए नेसन्स लीग फुटबलमा इंग्ल्याण्ड र जर्मनीले बराबरी खेलेका छन् ।
समूह जी अन्तर्गत इंग्ल्याण्ड र जर्मनी १–१ गोलको बराबरीमा रोकिएका हुन् । जर्मनीले ५० औं मिनेटमा जोन्स होफम्यानको गोलबाट अग्रता लिएको थियो ।
त्यसपछि इंग्ल्याण्डका कप्तान ह्यारी केनले ८८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे । गोलसँगै केन देशका लागि ५० गोल गर्ने दोस्रो खेलाडी बने । यसअघि वायन रुनीले इंग्ल्याण्डका तर्फबाट ५३ गोल गरेका छन् ।
बराबरीपछि इंग्ल्याण्डले दुई खेलबाट १ अंक जोडेको छ । इंग्ल्याण्ड पहिलो खेलमा हंगेरीसँग १–० ले पराजित भएको थियो । उता जर्मनीको पनि समान खेलबाट २ अंक भएको छ ।
पहिलो खेलमा जर्मनी इटालीसँग १–१ को बराबरी खेलेको थियो । यही समूहको अर्को खेलमा इटालीले हंगेरीमाथि २१को जित निकाल्यो । इटाली ४ अंकका साथ शीर्ष स्थानमा रहँदा ३ अंक जोडेको हंगेरी दोस्रो स्थानमा छ ।
प्रतिक्रिया