राजनीति
एजेण्डा मिल्ने जो कोहीसँग पनि तालमेल हुन्छ : कमल थापा (भिडियो रिपोर्टसहित)
२०७९ जेठ २४ गते १६:४५
२४ जेठ २०७९ धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एजेण्डा मिल्ने जो कोहीसँग पनि तालमेलका लागि तयार रहेको बताउनु भएको छ ।
जनतामाझ राप्रपा नेपाल अभियानअन्तर्गत धनुषामा भएको कार्यक्रममा अध्यक्ष थापाले आफूले राजतन्त्र छोडेर गल्ति नगरेको बताउनुभयो ।
आगामी निर्वाचनमा आफू गाई चिन्ह लिएर मैदानमा जाने तयारीमा रहेको बताउनुभयो । आफ्नो चुनाव चिन्हका लागि सर्वोच्चसम्म जाने उहाँको जिकिर थियो ।
कार्यक्रममा थापाले जन्मसिद्ध नागरिकका सन्तानले निर्वाध रुपमा नागरिकता पाउनुपर्ने, हुलाकी सडकको बाँकी काम यथाशीघ्र हुनुपर्ने, जनकपुरधामको श्री जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्नुपर्ने सहितका ८ बुँदे मांग र घोषणा पत्र समेत सार्वजानिक गर्नुभयो ।
प्रतिक्रिया