राजनीति

संविधान संशोधन गर्न र रेशम चौधरीलाई रिहा गर्न लोसपाको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २४ गते १४:५४
संविधान संशोधन गर्न र रेशम चौधरीलाई रिहा गर्न लोसपाको माग (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७९ काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।

अध्यक्ष महन्थ ठाकुरलगायतका नेताले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनपत्रमा नागरिकता बिहीनहरुको समस्या समाधान गर्न, मधेस आन्दोलन र रेशम चौधरीको मुद्दा फिर्ता लिनु पर्ने उल्लेख छ ।

जनसंख्याको आधारमा स्थानीय तह, प्रदेश सभा र संघीय संसदमा प्रतिनिधित्वको व्यवस्था गर्न, जनघनत्वको आधारमा समतामुलक बजेट वितरण गर्न, विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्न, महंगी र कालोबजारी नियन्त्रण गर्न, भूमि वितरण सम्बन्धी कुनै कार्यक्रम लागू गर्दा भूमिहीन मधेसी, जनजाती, थारु, शिल्पी, दलित, मुस्लिमलाई प्राथमिकतामा राखि वितरण गर्न र हालसम्म जग्गाधनी प्रमाणपत्र नभएकालाई प्रमाण पूर्जा उपलब्ध गराउने जस्ता माग ज्ञापनपत्रमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्