समाज

बैतडीका एक लाख ७६ हजारले पाए कोरोनाविरुद्ध पूर्ण खोप

२०७९ जेठ २४ गते १४:२७
बैतडीका एक लाख ७६ हजारले पाए कोरोनाविरुद्ध पूर्ण खोप

२४ जेठ २०७९ बैतडी । बैतडीमा हालसम्म एक लाख ७६ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप पाएका छन् । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार एक लाख ७६ हजार ४७ ले कोरोनाविरुद्धको पूर्ण खोप पाएका हुन् ।

कोरोनाविरुद्ध खोप पाउनेमा १२ वर्षमाथिका रहेका कार्यालयप्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँका अनुसार जिल्लाभरी ४१ हजार ९९५ ले ‘बुस्टर डोज’ लगाएका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिकामा २८ हजार ७२८ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९४१ ले पूर्ण खोप लगाएका हुन् । यस नगरमा दुई हजार ८१६ ले बुस्टर डोज लगाएका छन् ।

पाटन नगरमा २० हजार ४८८ ले खोपको पहिलो मात्रा लगाएका छन् भने २७ हजार ८३३ ले पूर्ण खोप लगाएका छन् । पाटनमा १५ हजार २०२ ले बुस्टर डोज लगाएका छन् ।

यसैगरी पुर्चौंडी नगरमा २३ हजार १०६ ले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ३३४ ले पूर्ण खोप लगाएका छन् । पुर्चौंडीमा सात हजार ४६२ ले बुस्टर डोज लगाएका छन् । यस्तै मेलौली नगरमा १३ हजार ९९० ले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ९७४ ले पूर्ण खोप लगाएका छन् । मेलौलीमा एक हजार ३३ ले बुस्टर डोज लगाएका हुन् ।

जिल्लाको डिलाशैनी गाउँपालिकामा १९ हजार ६८५ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १३ हजार ८६९ ले खोपको पूर्ण मात्रा लगाएका छन् । डिलाशैनीमा चार हजार २४२ ले बुस्टर डोज लगाएका छन् । त्यसैगरि दोगडाकेदार गाउँपालिकामा २३ हजार २३६ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १६ हजार ९४२ ले खोपको पूर्ण मात्रा लगाएका छन् । दोगडाकेदारमा छ हजार ८९५ ले बुस्टर डोज लगाएका छन् ।

जिल्लाको सूर्नया गाउँपालिकामा १० हजार १६४ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९४१ ले खोपको पूर्ण मात्रा पाएका छन् । सूर्नयामा दुई हजार १३३ ले बुस्टर डोज लगाएका छन् । त्यस्तै पञ्चेश्वर गाउँपालिकामा १८ हजार ८२३ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १३ हजार १७६ ले पूर्ण खोप पाएका छन् । पञ्चेश्वरमा २१९ ले बुस्टर डोज लगाएका छन् ।

शिवनाथ गाउँपालिकामा भने सात हजार ११३ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १० हजार ७३३ ले पूर्ण खोेप लगाएका छन् । शिवनाथमा एक हजार ९९३ जनाले बुस्टर डोज लगाएका छन् । यसैगरि सिगास गाउँपालिकामा नौ हजार ३३२ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ७१९ ले पूर्ण खोप पाएका छन् ।

जिल्लामा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको छ । यसअघि खोप लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *