Main News

बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टिकरण : गोली चलाउन आदेश दिइएको छैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २४ गते १४:२३
बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टिकरण : गोली चलाउन आदेश दिइएको छैन (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७९ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा आन्दोलनमा उत्रिएका नागरिकमाथि गोली चलाउने आदेश नदिएको बताउनु भएको छ।

प्रतिनिधिसभामा बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै बर्दियामा किशोरीको मृत्युको घटनामा दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बर्दिया घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले ‘नागरिकहरुको यस्तो अवरोधमा गोली प्रहार गर्ने आदेश नभएको र प्रमुख जिल्ला अधिकारीले पनि आदेश नदिएको बताउनु भयो ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य हुनुहुन्छ ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *