Main News

एकीकृत समाजवादीले गर्‍यो मन्त्री हेरफेर, नयाँ मन्त्री सिफारिस

हिमालय टिभी
२०७९ जेठ २२ गते १६:४६
एकीकृत समाजवादीले गर्‍यो मन्त्री हेरफेर, नयाँ मन्त्री सिफारिस

२२ जेठ २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ ।

समाजवादी पार्टीको सचिवालय बैठकले आज सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो ।

समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा सिफारिस गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाइएको छ ।

एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, शहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *