राजनीति

जब बुलिङटार गाउँपालिका अध्यक्षमा २८ वर्षीय युवा निर्वाचित भए (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २२ गते १४:४३
जब बुलिङटार गाउँपालिका अध्यक्षमा २८ वर्षीय युवा निर्वाचित भए  (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७९ नवलपुर । यो पटकको स्थानीय तह निर्वाचनमा युवाको प्रतिनिधित्व खोजियो । देशको जनसंख्यामा २१ देखि ४० वर्षसम्मका युवा ४० दशमलव ३५ रहेका छन् ।

अघिल्ला निर्वाचनको तुलनामा यसपटक यही उमेर समूहको बाहुल्यता रहेको छ । कांग्रेसको गढ़ मानिएको नवलपरासी पूर्व बुलिङटार गाउँपालिकामा एमालेका २८ वर्षीय युवाले जित हात पारे ।

सधैं पुरानै पुस्ताको बहुल्यता रहँदै आएको राजनीतिमा यसपटक युवाले क्रमभंग गरेका छन् । त्यसको एउटा उदाहरण नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका पनि हो । चीनबाट मेकानिकल इञ्जिनियरिङमा स्नाकत्तोर गरेका दिपेन्द्र सुनारी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो ।

कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाको निर्वाचन क्षेत्रमा पर्ने बुलिङटारमा बहुदल स्थापना पछि निरन्तर कांग्रेसले नेतृत्व गर्दै आएको थियो । गत स्थानीय तह निर्वाचनमा त काँग्रेसले सबै पदमा आफ्नो उम्मेदवारीलाई विजयी गराएको थियो ।

यस पटकको स्थानीय तह निर्वाचनमा कांग्रेसको बलियो गढ बुलिङटारमा कस्लाई उम्मेदवार बनाउने भन्ने छलफलमा थियो, एमाले । युवा सुनारीले पालिका अध्यक्षमा उम्मेदवार बन्ने इच्छा राखेपछि एमालेले उहाँलाई नै टिकट दिन राजी भयो । एमालेसँग जित्ने आशा नभएकै कारण दिपेन्द्रलाई टिकट दिएको त्यसबेला चर्चा चलेको थियो । तर, दिपेन्द्रले आफ्ना योजना, सुशासन र पारदर्शीताको कुरा मतदाता समक्ष राख्नुभयो ।

मतदाताले २८ वर्षीय युवा उमेर दिपेन्द्रको कुरा सुने र मतदान गरे । मतगणनाको अन्तिम परिणाम अनुसार दिपेन्द्र निवर्तमान गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीलाई १५९ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो ।

धेरै मगर मतदाता रहेका कारण जातिय प्रभाव र युवा पुस्तालाई योजना मार्फत आकर्षण गरेको दिपेन्द्र अध्यक्ष बन्न सफल हुनुभयो । तर, पाका उम्मेदवार नछाड्ने कांग्रेसलाई पनि मतदाताले झापड हाने । मतदाताले युवाको प्रतिनिधित्व चाहेका छन् भन्ने सन्देश पनि दिइएको छ ।

अहिले जिल्लाको विकट गाउँपालिका बुलिङटारमा राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर सम्पन्न हुने चरणमा छ । पालिकाको सबै वडालाई कालिगण्डकी करिडोरसंग लिङ्करोड मार्फत जोड्ने योजनामा दीपेन्द्र हुनुहुन्छ । कांग्रेसको गढ भनिने बुलिङटार गाउँपालिकामा एमालेबाट विजयी हुनुभएका दिपेन्द्रले आगामी दिनमा आफ्नो योजना कसरी कार्यान्वयनमा ल्याउनुहोला त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्