Main News

रुपन्देही बस दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको सनाखत, १५ जनाको अवस्था गम्भीर

हिमालय टिभी
२०७९ जेठ २२ गते १२:५६
रुपन्देही बस दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको सनाखत, १५ जनाको अवस्था गम्भीर

२२ जेठ २०७९ बुटवल । जनकपुरबाट भैरहवाका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

भैरहवा–परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलामा लु २ ख ३८ ४१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये ६ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका वडा नम्बर ८ की ३६ वर्षीया तुलसी बस्याल, रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका वडा नम्बर २ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका वडा नम्बर–११ कालिका नगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षीय अरविन्द शर्माको मृत्यु भएको हो ।

२४ जना घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते ९ जनाको भैरहवास्थित भीम अस्पताल र १५ जनाको युनिभर्सल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

चालकसहित ३३ जना सवार बस रोहिणी खोलाको पुल भत्काएर खोलामा खसेको थियो। दुर्घटनामा परेको बसलाई डोजरको सहायतामा पल्टाएर यात्रुको उद्धार गरिएको थियो। दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *