खेलकूद

यूईएफए नेसन्स लीग फूटबलमा हंगेरीको विजयी शुरूवात

हिमालय टिभी
२०७९ जेठ २२ गते ८:३३
यूईएफए नेसन्स लीग फूटबलमा हंगेरीको विजयी शुरूवात

२२ जेठ २०७९ काठमाडौं । यूईएफए नेसन्स लीग फूटबलमा हंगेरीले विजयी शुरूवात गरेको छ ।

समूह सी अन्तर्गत हंगेरीले इंग्ल्याण्डलाई १–० ले हराएको हो । हंगेरीको जितमा खेलको ६६ औं मिनेटमा डोमिनिक सोबोस्लिले गरेको गोल नै निर्णायक रह्यो ।

हंगेरीले १९६२ पछि पहिलो पटक इंग्ल्याण्डलाई पराजित गरेको हो ।जितसँगै शीर्ष स्थानमा रहेको हंगेरीले ३ अंक जोडेको छ ।

अंकविहिन इंग्ल्याण्ड तालिकाको पुछारमा छ । यही समूहको अर्को खेलमा इटाली र जर्मनीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्