Main News

जनक शिक्षाले छपाइ नसक्दा देशभर पाठ्यपुस्तक अभाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २१ गते २१:००
जनक शिक्षाले छपाइ नसक्दा देशभर पाठ्यपुस्तक अभाव (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७९ काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुस्तकको अभाव छ ।

विगतमा पनि विभिन्न बाहना बनाएर समयमै पाठ्यपुस्तक पुर्‍याउन नसक्ने जनक शिक्षा सामगी केन्द्र यस पटक निर्वाचनको मतपत्र छाप्दा ढिलाई भएको भन्दै पन्छिदै आएको छ ।

हरेक जसो शैक्षिक शत्रमा पाठ्यपुस्तक अभाव भइरहन्छ, विद्यार्थी र अभिभावक पुस्तक पसल धाइरहन्छन्, पुस्तक पसलहरु किताब नै नआएको जवाफ फर्काइरहन्छन् । अनि जनक शिक्षा सामग्री केन्द्र, शिक्षा मन्त्रालय, त्यसअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सँधैभरि रमिता हेरिरहन्छन् ।

सरकारी विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तकको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले यसपटक निर्वाचनका कारण, गत वर्ष कोरनाका कारण र त्यसभन्दा अगाडिका वर्षहरुमा पनि विभिन्न कारण देखाउँदै पाठ्यपुस्तक छपाइको काममा ढिलासुस्ती गरिरह्यो ।

शौक्षिक शत्र वैशाखमा शुरु भइसकेको छ तर अझै २५ लाख पुस्तक छाप्न बाँकी छ । जसका कारण विद्यार्थीले पढ्न पाइरहेका छैनन् । रहेक वर्ष पाठ्य पुस्तकको समस्या हुने र समाधान कहिल्यै नहुने रोग जनक शिक्षा सामग्री केन्द्रमा छ । यसमा ठूलो कमिसन र जनक शिक्षाको एकाधिकार प्रमुख समस्याको रुपमा छ ।

पाठ्यपुस्तक समयमै नछापिँदा विद्यार्थीलाई त समस्या छ नै त्यसमाथि पाठ्यपुस्तक विक्रेतासमेत मर्कामा परेका छन् ।

शिक्षा मन्त्रालयले पाठ्यपुस्तक छाप्ने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई मात्रै दिँदा पनि समस्या धेरै देखिएको छ । मुलुक संघीयतामा गइसकेपछि प्रदेश सरकारलाई समेत पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिएको भए वा यस्ता अत्यावश्यक कामका लागि अन्य छापाखानासमेत प्रयोगमा ल्याएको भए हरेक शैक्षिक शत्रमा विद्यार्थी यो हदसम्मको मर्कामा पर्ने थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *