राजनीति

शेरबहादुर देउवा र महन्थ ठाकुरबीच भेट, के भयो कुराकानी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २१ गते १८:०४
शेरबहादुर देउवा र महन्थ ठाकुरबीच भेट, के भयो कुराकानी ? (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७९ काठमाडौं । नेपाली कांग्रेस र लोतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच संघीय र प्रदेश सभा निर्वाचनमा सहकार्य गरेर जाने विषयमा छलफल शुरु भएको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल भएको हो ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेटन् प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नु भएको हो । उहाँहरुबीच आगामी चुनावमा गठबन्धन गर्ने विषयमा छलफल भएको नेता केशव झाले जानकारी दिनुभयो ।

लोसपा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा केही ठाउँमा नेकपा एमालेसँग गठबन्धन गरेको थियो ।

यसैबीच, लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि पनि बस्नेछ। बिजुलीबजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी संघ र प्रदेशको निर्वाचन तयारीबारे छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्