समाज

बुटवलका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २१ गते १७:२९
बुटवलका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७९ बुटवल । गाउँ घरका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै जाँदा शहरी क्षेत्रका सामुदायिक विद्यालयमा भने विद्यार्थीको चाप वर्षेनि बढिरहेको छ ।

चाप बढ्दै जाँदा अहिले बुटवल उपमहानगरपालिकाका सामुदायिक विद्यालयले पनि प्रवेश परीक्षा लिएर उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई मात्र भर्ना लिने गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालय । जहाँ ८ हजार ७२ विद्यार्थी अध्ययनरत छन् । यो देशकै ठूलो र नमूना सामुदायिक विद्यालय पनि हो ।

कालिका मानवज्ञान मावि यस्तो विद्यालय हो, जहाँ गरिब जनतादेखि उच्च वर्ग र नेतासम्मले आफ्ना सन्तानलाई पढाउन चाहन्छन् । यो शैक्षिक सत्रमा १३ सय जना विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा १४० जना विद्यार्थीको मात्र भर्ना लिइएको छ ।

बुटवल ११ मा रहेको नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयले यो वर्ष चार सय विद्यार्थीलाई भर्ना लिएको छ । यहाँ पनि उत्कृष्ट नम्बर ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिने गरिन्छ ।

यस्तै बुटवल कै कान्ति माध्यमिक विद्यालयले यो वर्ष ८ कक्षासम्म भर्ना लियो । तर १५ सय विद्यार्थी भर्ना हुन पाएनन् । विद्यालयको सीमित भौतिक पुर्वाधार र जनशक्तिले गर्दा सीमित विद्यार्थी भर्ना लिन विद्यालय बाध्य छ ।

सामुदायिक विद्यालयमा शिक्षा गुणस्तर बढ्दै जानु, शहरी क्षेत्रमा बसाइसराइको दर बढ्नु, त्यहाँ पढेका विद्यार्थी अब्बल बन्दै गएकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । तर सीमित श्रोत र साधनले गर्दा भर्ना हुन चाहेका सबै विद्यार्थीलाई विद्यालयले भर्ना लिन सक्दैनन् । प्रवेश परीक्षामा कम अंक प्राप्त गर्ने विद्यार्थी सामुदायिक विद्यालयमा बढ्नबाट बञ्चित छन् ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार भएर विद्यार्थीको आकर्षण बढ्नु राम्रो हो । तर केही नमूनाबाहेक अन्य सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेमा केही सीमित विद्यालयमा विद्यार्थीको चाप घट्ने र आमनागरिकले गुणस्तरीय शिक्षा पाउन सक्छन् । यसतर्फ सरकार, विद्यालय र अभिभावक सबैले ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *