सर्वोच्चको आदेशको पक्षमा टाँगियाबासीको प्रदर्शन, ‘विस्थापित गराउने षडयन्त्र’ (भिडियो रिपोर्टसहित)
२१ जेठ २०७९ काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ ।
प्रभावित क्षेत्र टाँगियाबासीले आज काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको फैसलाको पक्षमा ऐक्यवद्धता जनाएका हुन् ।
बिना विकल्प विमानस्थलको धावनमार्ग टाँगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै प्रदर्शन शुरु गरिएको टाँगियाबस्तीका नवराज सञ्जेलले बताउनुभयो ।
५० वर्षदेखि बसोबास गर्दै आएकालाई विस्थापित गराउने षडयन्त्र राज्यबाट भइरहेको उनीहरुको आरोप छ ।प्रभावित क्षेत्रका बासिन्दालाई बस्तीको विकल्पमा लालपूर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरुको मुख्य माग छ ।
प्रतिक्रिया