राजनीति

अध्यक्ष प्रचण्ड र मेयर बालेनबीच भेट, के भयो कुराकानी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २१ गते १५:१८
अध्यक्ष प्रचण्ड र मेयर बालेनबीच भेट, के भयो कुराकानी (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।

प्रमुख शाह अध्यक्ष प्रचण्डलाई भेट्न उहाँको निवास खुमलटार पुग्नु भएको थियो । भेटमा प्रचण्डले मेयर शाहलाई बधाई दिंदै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मेयर शाहले दलहरुबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटका क्रममा प्रचण्ड र बालेनबीच काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन लगायत समग्र विकासका विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

मेयर शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरिरहनु भएको छ । यसअघि शाहले मतगणना चलिरहँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गर्नु भएको थियो ।

शपथ ग्रहण लगत्तै प्रधानसेनापति प्रभुराम शर्मालाई सैनिक मुख्यालयमा भेट्नु भएको थियो । हिजो शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नु भएको थियो । मेयर शाहले सबै राजनीतिक दलसँग समन्वय र सहकार्य गर्दै आफू अघि बढ्ने बताउँदै आउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्