Main News

कसरी होला काठमाडौं फोहोर व्यवस्थापन ? हेर्नुहोस् नगरप्रमुख बालेनको यो दौडधुप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २० गते १८:०६
कसरी होला काठमाडौं फोहोर व्यवस्थापन ? हेर्नुहोस् नगरप्रमुख बालेनको यो दौडधुप  (भिडियो रिपोर्टसहित)

२० जेठ २०७० काठमाडौं । फोहर व्यवस्थापन काठमाडौं महानगरपालिकाको मुख्य प्राथमितामा छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल आज सिसडोल र बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा अनुगमन र अन्तर्क्रियाका लागि पुग्नुभयो । काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापन अब कहिले हुन्छ ?

२०६२ सालमा दुई तीन वर्षका लागि मात्रै तयार गरिएको सिसडोल ल्यान्डफिल साइट भरिएको छ । सिसडोल ल्यान्डफिल साइट भरिएसँगै सिसडोलबासीले काठमाडौंको फोहर विर्सजन गर्न दिएका छैनन् ।

उनीहरुले फोहर लैजाने बाटो मै ढुंगामुडा राखेर बन्द गरिदिएका छन् । फोहर विर्सजन गर्न नसक्दा काठमाडौं डुङडुङ्ती गनाउने भैसकेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह फोहर फाल्न दिनुस् भन्दै सिसडोलबासीलाई आग्रह गरिरहनु भएको छ ।

मेयर र उपमेयरले फोहोरका कारण प्रभावित नुवाकोट र धादिङका बासिन्दाको माग पुरा गर्ने प्रतिवद्धता जनाएर फोहर फाल्न दिन आग्रह गरे पनि प्रभावित क्षेत्रका नागरिक तत्कालै काठमाडौंको फोहर फाल्न दिने पक्षमा छैनन । उनीहरु आफ्ना माग कुनै पनि सरकारले पुरा नगरेको भन्दै आक्रोशित छन् ।

फोहरका कारण सिसडोल आसपासका नागरिक समस्यामा छन् । फोहरका कारण दुर्गन्धित हावाले यहाँ बासिन्दामा विभिन्न रोग देखिन थालेको छ । तर समस्या समाधान गर्न कोही तयार नभएको भन्दै उनीहरु अब उधारोमा हैन हाताहाती समाधान खोजिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *