Main News
काठमाडौं महानगर प्रमुख साह र प्रधानमन्त्री देउवाबीच भेट
२०७९ जेठ १८ गते १८:४६

१८ जेठ २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाको विकासमा सहयोग पुर्याउने प्रतिवद्धता जनाउनुभएको छ ।
मेयर बालेन्द्र साह प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो । भेटमा प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनमा सबै उपाय अपनाउन सुझाव दिनुभएको थियो ।
त्यसका लागि र अन्य विकासमा संघीय सरकारले सबैखाले सहयोग पुर्याउने प्रधानमन्त्री देउवाले आश्वासन दिनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
यसअघि मेयर साहले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्नुभएको थियो ।
प्रतिक्रिया