बजेट कार्यकर्ता वितरणमुखी भएको आरोप (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७९ काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले ल्याएको बजेट कार्यकर्ता वितरणमुखी भएको आरोप लगाउनुभएको छ ।
जेठ १५ गते सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमाथिको सामान्य छलफलमा बोल्दै उहाँले सरकारले प्रस्तुत गरेको बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तै भएको बताउनुभयो ।
सदस्य दाहालले मुलुक आर्थिक संकटमा रहेको तर सरकारले अन्देखा गरेको आरोप लगाउनुभयो । उहाँले बजेटमा विश्वसनीय श्रोतको व्यवस्था नभएको दाबी पनि गर्नुभयो ।
अर्का सदस्य जितेन्द्रनारायण देवले पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । उहाँले दक्षिण एशियामा अन्य देशले गर्न नसकेका कामहरु नेपालले गरेर देखाइसकेको भन्दै अहिले पनि सबै एकजुट भएर देश विकासमा लाग्नुपर्ने बताउनु भयो । राष्ट्रिय सभा सदस्य देवले नयाँ राजनीतिक संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सभा सदस्य देवका अनुसार बजेटले नेपाली अर्थतन्त्रको समस्या पहिचान र समाधान गर्न खोजेको छ ।
प्रतिक्रिया