राजनीति

चुनाव जित्न कर्मचारीको तलब वृद्धि गरेको गजुरेलको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १८ गते १८:१९
चुनाव जित्न कर्मचारीको तलब वृद्धि गरेको गजुरेलको आरोप (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७९ काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले सरकारले चुनाव जित्न कर्मचारीको १५ प्रतिशत तलब वृद्धि गरेको आरोप लगाउनु भएको छ ।

पेट्रोलियम पदार्थलगायका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा बोल्दै उहाँले चुनाव जित्नका लागि जनतालाई खुसी बनाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबीसमेत गर्नुभयो ।

अध्यक्ष गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको जिकीरसमेत गर्नुभयो । सरकारले चुनाव जिताउनका लागि १५ प्रतिशत तलव वृद्धि गरेर कर्मचारीहरुलाई ‘घुस’ दिएको उहाँको जिकीर थियो । उहाँले चुनाव जित्नका लागि जनतालाई जसरी पनि खुसी पार्नुपर्ने भएकाले सरकारले सोही अनुसार नै बजेट ल्याएको बताउनुभयो ।

अध्यक्ष गजुरेलले भारतीय विद्युतीय गाडी कम्पनीहरुसँग कमिशन खाएर सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीको संचालनमा जोड दिने गरी बजेट ल्याएको आरोपसमेत लगाउनु भयो ।

उहाँले प्रचण्ड संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरेर जाने होकि भन्ने डरले पनि प्रधानमन्त्री शेरबहादुर देउवा सो निर्वाचन छिटो सम्पन्न गराउने पक्षमा रहेको तर्क गर्नु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्