Main News

डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने अर्थ मन्त्रालयको निर्णय

हिमालय टिभी
२०७९ जेठ १८ गते १२:५६
डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने अर्थ मन्त्रालयको निर्णय

१८ जेठ २०७९ काठमाडौं । अर्थमन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ ।

सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर १०–१० रुपैयाँका दरले पूर्वाधार कर लगाउँदै आएको थियो । बुढीगण्डकी जलविद्युत आयोजनाका लागि सरकारले पूर्वाधार कर संकलन गर्दै आएको थियो ।

इन्धनको मूल्य निकै बढेको भन्दै आलोचना भएपछि सर्वसाधारणलाई राहत दिन भन्दै उक्त कर घटाउने निर्णय गरेको हो । बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुर्‍याइएको छ ।

अर्थले हिजै मात्र पूर्वाधार कर घटाएर उद्योग मन्त्रालयलाई पठाएको छ । मन्त्रालयले अब मूल्य घटाउने वा के गर्ने भन्नेबारे निर्णय लिनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चालू आर्थिक वर्षमा पूर्वाधार कर घटाउने र अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य थपघटको अवस्थालाई हेरेर आगामी वर्ष अरु निर्णय लिने जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *