समाज

एक दशकदेखि बागलुङमा लाइसेन्स वितरण हुन सकेन (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १७ गते १६:५६
एक दशकदेखि बागलुङमा लाइसेन्स वितरण हुन सकेन (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७९ बागलुङ । एक दशकदेखि बागलुङमा चारपाङग्रे सवारी साधनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण भएको छैन ।

२०६९ सालसम्म लाइसेन्स वितरण भैरहेको थियो । २०७० सालमा आएको नयाँ मापदण्ड अनुसार संरचना अभाव भएका कारण लाइसेन्स वितरण हुन नसकेको हो ।

यातायात व्यवस्था कार्यालय बागलुङले पछिल्लो दश वर्षमा चार पाङग्रे सवारी साधनको सवारी चालक अनुमति पत्र वितरण गरेको छैन । जिल्लामा सेवा प्रवाह नहुँदा लाइसेन्स लिनको लागि अन्य जिल्ला धाउनु पर्ने बाध्यता छ ।

२०७० सालबाट सवारी चालक अनुमति पत्र परीक्षा प्रणाली परिवर्तन भयो । पोल मात्र राखेर परीक्षा संचालन भै रहेकोमा नयाँ मापदण्डमा ‘ट्राफिक’ लाईट, उकालो(ओरालो, अप्ठ्यारो, यू टर्न लगायतका विधि पनि समावेश गरियो । नयाँ प्रकृया अनुसार प्रयोगात्मक परीक्षाका लागि आवश्यक संरचना अभावका कारण लाइसेन्स वितरण गर्न नसकिएको यातायात व्यवस्था कार्यालय बागलुङले जनाएको छ ।

भौगोलिक बनावट तथा उपयुक्त जग्गा फेला नपरेका कारण वितरण प्रकृया शुरु गर्न समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले बताएको छ ।

चार पाङग्रे सवारीको लाईसेन्सको बारेमा बुझ्न सेवाग्राही दैनिक जसो यातायात कार्यालय पुग्ने गरेका छन् । भौतिक संरचना तयार गरेर प्रयोगात्मक परीक्षा लिने व्यवस्था गर्न सके सेवाग्राहीलाई सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *