Main News

आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुने

हिमालय टिभी
२०७९ जेठ १७ गते १३:३६
आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुने

१७ जेठ २०७९ काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ नहुने भएको छ ।

अवकाश प्राप्त डीआईजीको मुद्दा पनि साथै राखिएको कारण वरिष्ठता क्रम मिचेर आईजिपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलद्वारा दायर रिटमा सुनुवाइ हुन नसकेको हो ।

सर्वोच्चमा एआईजी विश्वराज पोखरेलको रिट र तीन जना डीआईजीको रिट सँगै राखेर हेर्ने गरी पेसी तोकिएको थियो । यसअघि आईजीपी बढुवा विवादबारे रिटको सुनुवाइ न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको थियो ।

आजदेखि अन्तिम सुनुवाइ शुरू हुने गरी गोलाप्रथाबाट पेशी न्यायाधीशद्वयको इजलासमा परेको थियो।

यसअघि न्यायाधीश सुस्मलता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरे पनि पेशी सार्न नमिल्ने गरी आजका लागि अन्तिम सुनुवाइको मिति तोक्नु भएको थियो ।

सरकारले १७ महिना जुनियर एआईजी सिंहलाई आईजीपी बढुवा गरेपछि अन्यायमा परेको भन्दै वरिष्ठता र ज्येष्ठतामा पहिलो वरियतामा रहेका एआईजी पोखरेलले सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो ।

गत वैशाख १८ गतेको मन्त्रिपरिषद् बैठकले पहिलो र दोस्रो वरियतामा रहेका एआईजीलाई छाडेर तेस्रो वरियतामा रहेका एआईजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *