Main News

मेलम्चीको सुरुङ बन्द गरियो, अब उपत्यकामा पानी कात्तिकमा मात्रै

हिमालय टिभी
२०७९ जेठ १७ गते १३:३२
मेलम्चीको सुरुङ बन्द गरियो, अब उपत्यकामा पानी कात्तिकमा मात्रै

१७ जेठ २०७९ काठमाडौं । काठमाडौंमा आजदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ।

सिन्धुपाल्चोकको अम्बाथानस्थित आयोजनाको सुरुङभित्र बालुवा गेग्रानसहित धमिलो पानी छिरेकाले सुरुङको मुख्य ढोका बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

वर्षायाम सक्रिय भएपछि आयोजनाको सुरुङको मुख्य ढोका बन्द गरिएको हो । बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था आएलगत्तै आयोजनाबाट पानी ल्याउन रोक्ने समितिको तयारी थियो ।

सुरुङको मुख्य ढोका बन्द भएपछि बिहानदेखि मेलम्चीको पानी महाकालचौर पानी भण्डारण पोखरीमा आउन छाडेको छ। वर्षायाम सकिएपछि फेरि मेलम्चीको पानी सुरुङमा हाल्ने र वितरण थाल्ने जनाइएको छ ।

कार्तिकपछि सुरुङ खोल्न सकिने विश्वास गरिएको छ । गत असार १ गते मेलम्चीमा आएको बाढीले आयोजनाको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो । बाँधस्थलमा अस्थायी संरचना तयार गरेर वैशाख ११ गतेदेखि काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *