Main News

आजबाट बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

हिमालय टिभी
२०७९ जेठ १७ गते ९:०६
आजबाट बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

१७ जेठ २०७९ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमाथि सैद्धान्तिक छलफल शुरु हुने सङ्घीय संसद सचिवालयले जनाएको छ । बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिनुहुनेछ ।

आज, भोलि र पर्सि बजेटमाथि सैद्धान्तिक छलफल गर्ने तयारी रहेको छ । गत आइतवार अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *