अड्चन हटाएर निजगढ विमानस्थल निर्माण अघि बढाउन निर्देशन (भिडियो रिपोर्टसहित)

१६ जेठ २०७९ काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ ।
समितिको आज विहानको बैठकले कानुनी बाधा हटाएर विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले हालै मात्र निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो । तर संसदीय समितिले अदालतको आदेशले विकासमा बाधा पुर्याउने आशय देखाएको भन्दै कानुनी अड्चन हटाएर अघि बढ्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताउनुभयो । नेपालले सर्वोच्चबाट आएको फैसलाबाट आफु स्तब्ध भएको बताउनुभयो ।
पोखरा र भैरहवाको विमानस्थलले काठमाडौंको विकल्प दिन नसक्ने भन्दै अध्यक्ष नेपालले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया