Main News

लमजुङमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

हिमालय टिभी
२०७९ जेठ १५ गते १७:५०
लमजुङमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

१५ जेठ २०७९ लमजुङ । लमजुङमा टिप्पर दुर्घटना हुदा चालक सहित ४ जनाको घटनास्थलमै मृत्युु भएको छ ।

लमजुङको मध्यनेपाल ७ सिटि खोला परिसरमा आज दिउसो सवा ३ बजे बा ४ ख ७७८१ नम्बरको टिप्पर दुर्घटनाहुदा ४ जनाको घटना स्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार अहिले सम्म मृत्यु हुनेमा चालकको मात्रै परिचय खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी इन्स्पेटर जगदीश रेग्मिका अनुसार टिप्परका चालक धादिङ घर भएका अन्दाजी २६ बर्सिय आकाश घिमिरेको परिचय खुलेको हो । टिप्परमा रहेका सहचालक र सामन अप्लोड गर्ने ब्यक्तिको भने परिचय खुलेको छैन ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कच्ची सडक र बर्खाको समय भएकाले टिप्पर अनियंत्रित भई दुर्घटना भएको हुन सक्क्ने जानकारी प्राप्त भएको छ । टिप्पर सडक बाट करिब ३० मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *